Like us!
Follow us!
Connect us!
Watch us!

कोशीमा पनि जेनजी प्रदर्शन, प्रहरीको गोली लागेर एक जना घाइते

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १३ : ५७ मा प्रकाशित

कोशीमा पनि जेनजी प्रदर्शन, प्रहरीको गोली लागेर एक जना घाइते

झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रणबाहिर पुगेको छ । प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् । 

घाइते हुनेमा कमल गाँउपालिकाका प्रकाश भट्टराई रहेका छन् । प्रदर्शनकारीले अहिले दमक नगरपालिका घेराउ गरेका छन् । उनीहरू मुठभेडमा उत्रिएपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेसँगै प्रदर्शनकारीले नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् ।

जेनजीले कोशी प्रदेशका अन्य जिल्लामा पनि प्रदर्शन गरेका छन् । प्रदेश राजधानी विराटनगर, सुनसरीको इटहरी, दमक विर्तामोडलगायतका शहरमा प्रदर्शन जारी छ । अधिकांश कलेज पोशाकमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको