Like us!
Follow us!
Connect us!
Watch us!

च्यासलस्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : ०६ मा प्रकाशित

च्यासलस्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीद्वारा आगजनी र तोडफोड

जेनजी आन्दोलनकै बीच मंगलबार प्रदर्शनकारीहरूले ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्।

उग्र रूप लिएको प्रदर्शनमा पार्टी कार्यालयको सम्पत्तिमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन खोजे पनि केहीबेर तनाव कायमै रहेको थियो।

स्थानीयवासीका अनुसार ठूलो संख्यामा आएका प्रदर्शनकारीहरूले नाराबाजीसहित कार्यालयभित्र प्रवेश गरेर क्षति पुर्‍याएका हुन्। यसअघि पनि आन्दोलनमा सहभागीहरूले विभिन्न सरकारी कार्यालयहरूलाई निशाना बनाउँदै आएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको