Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनमा विद्यार्थीहरूको निधनले मर्माहत भएको पूर्वराष्ट्रपति भण्डारीको प्रतिक्रिया

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : २८ मा प्रकाशित

जेनजी आन्दोलनमा विद्यार्थीहरूको निधनले मर्माहत भएको पूर्वराष्ट्रपति भण्डारीको प्रतिक्रिया

जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा गोली लागेर विद्यार्थीहरूले ज्यान गुमाएको घटनाप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो दुःख व्यक्त गरेकी छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले नयाँ पुस्ताले व्यक्त गरिरहेको भावना र आवाजलाई राज्यका अंग, राजनीतिक दल र सरोकारवाला सबैले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याइन्।

भण्डारीले आन्दोलनरत युवाहरूका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्दै वार्ता तथा संवादमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन्।

उनले भनिन्, “सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबै मिलेर वर्तमान तनावलाई संवेदनशील ढङ्गले व्यवस्थापन गर्नुपर्छ। युवापुस्ताको विश्वास जित्ने कदम चाल्नु आजको मुख्य आवश्यकता हो।”

68bfccc9ba78b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको