त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारलगायतका क्षेत्रमा भइरहेका निरन्तर आगलागी र अन्य सुरक्षा चुनौतीका कारण हवाई उडानका लागि प्रतिकूल अवस्था सिर्जना भएकोले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको हो।
आकाशमा रहेका जहाजहरूलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडानहरू रद्द गर्दै विमानस्थल बन्द गरिएको जनाइएको छ। विमानस्थलको सुरक्षा जिम्मा अहिले नेपाली सेनाले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस