Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री कार्कीलाई तिब्बती धार्मिक गुरु दलाई लामाको पनि बधाई

अर्थ संसार

शनिबार, २८ भदौ २०८२, १९ : १२ मा प्रकाशित

प्रधानमन्त्री कार्कीलाई तिब्बती धार्मिक गुरु दलाई लामाको पनि बधाई

नेपालका अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई तिब्बती धार्मिक गुरु दलाई लामाले बधाई ज्ञापन गरेका छन् । नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीलाई लामाले बधाइ सन्देश पठाएका हुन् । 

‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन्,’ शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ । उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’

भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको