जिल्ला प्रहरी परिसर,काठमाडौंले लुटपाट र चोरी भएका गरगहना तथा सरसामानहरू बिलविनै बिक्री हुन सक्ने भन्दै सर्वसाधारणलाई त्यस्ता सामान नकिन्न आग्रह गरेको छ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा राजधानीका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानसहित व्यक्तिगत घर र भवनहरूमा तोडफोड र आगजनी गरिएको थियो। सो क्रममा आन्दोलनकारीहरूले सुनचाँदी, गरगहना, इलेक्ट्रोनिक्स सामान, हिजबिज लगायतका बहुमूल्य सामग्री लुटपाट गरेको विवरण प्रहरीले प्राप्त गरेको जनाएको छ।
प्रहरीको भनाइ अनुसार, लुटिएका ती सामानहरू सुनचाँदी पसल वा अन्य बजारमा बिलविनै बिक्री गर्न खोजिने सम्भावना रहेकाले त्यसलाई रोक्न प्रहरीले बिलविना सामान नकिन्न आग्रह गरेको हो।
यदी यस्ता शंकास्पद सामान भेटिएमा वा कसैले बिक्री गर्न खोजेको थाहा पाइएमा तुरुन्त प्रहरी कन्ट्रोल १००, जिल्ला प्रहरी परिसर काठमाडौंको फोन नम्बर ०१–५३१५९६९ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस