Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्च अदालतमा दसैँको समयमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

अर्थ संसार

सोमबार, ०६ असोज २०८२, १३ : ०७ मा प्रकाशित

सर्वोच्च अदालतमा दसैँको समयमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न भएको छ । दसैँको समयमा पनि अदालत बिहान ११ः ०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म खुला रहने भएको हो । 

दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।  

अदालतको सूचनामा भनिएको छ– ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः ०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको