Like us!
Follow us!
Connect us!
Watch us!

हामी संक्रमणकालको शृङ्खलामा प्रवेश गर्यो : अधिवक्ता दाहाल

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, ११ : २० मा प्रकाशित

हामी संक्रमणकालको शृङ्खलामा प्रवेश गर्यो : अधिवक्ता दाहाल

अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालिन मात्रै हुन सक्ने अनुमान गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै अधिवक्ता दाहालले नेपालले संक्रमणकालको विभिन्न शृङ्खलामा प्रवेश गरेको बताएका हुन् ।

‘चुनावपछिको सरकार पनि संक्रमणकालिन सरकार बन्न सक्ने अवस्था देखिन्छ । संक्रमणकालमा प्रवेश गर्दै गर्दा सीमित परिधिमा बसेर आर्थिक पक्षलाई कसरी सम्बोधन गर्न सक्छौ भन्ने कुरा महत्वपूर्ण छ,’उनले भने । भ्रष्टाचारको विरोधमा आन्दोलन भएको भन्दै उनले आर्थिक रुपान्तरणका लागि नयाँ आइडिया ल्याउने हो की हामीसँग भएको तथ्यको आधारमा नयाँ खाका कोर्न सक्छौं कि सक्दैनौ भन्ने हेर्नुपर्ने बताए ।

सरकारमार्फत आर्थिक रुपान्तरणका लागि अध्यादेश जारी गराउन सकिन्छ भन्दै गर्दा राजनीतिक परिस्थिति पनि हेर्नुपर्ने उनले तर्क गरे । ‘यसअघि हामीले आर्थिक सुरक्षाका कुरा गर्दै आएका थियौं । तर, अब भौतिक सुरक्षालाई पनि सँगसँगै लिएर जानुुपर्ने भयो । सरकारले निजी क्षेत्रसँग सँगसँगै छु भन्ने सन्देश दिनुपर्छ । यसका लागि उदाहरणीय काम पनि गर्नुपर्छ,’ दाहालले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको