Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको वैदेशिक व्यापार: निर्यात ८८ प्रतिशतले बढ्दा व्यापार घाटा अझै २ खर्ब ५७ अर्बमाथि

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १० : ५७ मा प्रकाशित

नेपालको वैदेशिक व्यापार: निर्यात ८८ प्रतिशतले बढ्दा व्यापार घाटा अझै २ खर्ब ५७ अर्बमाथि

चालू आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ। भन्सार विभागका अनुसार यो आयात रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.२३ प्रतिशतले बढेको हो। गत वर्षको साउन र भदौमा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो।

त्यस्तै, सोही अवधिमा नेपालको निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालू वर्षको साउन र भदौमा नेपालबाट ४७ अर्ब ३१ करोड रुपैयाँको सामान निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २५ अर्ब ९ करोड रुपैयाँको तुलनामा ८८.५७ प्रतिशतले बढी हो।

यो अवधिमा नेपालले २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ, जुन गत वर्षको तुलनामा ८.५९ प्रतिशतले बढेको हो।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कूल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २२.५४ प्रतिशतको वृद्धि हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको