Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको लाभांश घोषणा : सेयरधनीलाई बाेनस भन्दा नगद बढी

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, १० : ५८ मा प्रकाशित

बुटवल पावरको लाभांश घोषणा : सेयरधनीलाई बाेनस भन्दा नगद बढी

बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाको हिजाे (पौष ७ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

त्यसैगरी, कम्पनीले पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको