Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन : मेयरको घरमा व्यवसाय गरेको सजाय,सुरेन्द्रको गुम्यो रोजिरोटी

अर्थ संसार

आइतबार, १२ असोज २०८२, १२ : २० मा प्रकाशित

जेनजी आन्दोलन : मेयरको घरमा व्यवसाय गरेको सजाय,सुरेन्द्रको गुम्यो रोजिरोटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । सार्वजनिक सम्पत्ति सहित राजनीतिक व्यक्तिका घरहरु जलाउने कम भयो । उक्त आन्दोलनले केहीको रोजीरोटि समेत गुम्ने अवस्था आयो । यस्तै समास्या कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा व्यवसाय गर्दै आएका सुरेन्द्र सिलवाललाई पनि परो । 

उनी विगत १९ वर्ष देखि टेलरिङ व्यवसाय गर्दै आएका थिए । उनले सोचेका पनि थिएनन् कि आन्दोलनले उनको आम्दानीको मुख्य स्रोत नै ध्वस्त हुन्छ भनेर । उनको पसल आगलागि भएर ध्वस्त हुनु पर्ने एउटा मात्रै कारण हो उनले सञ्चालन गरेको पसल मेयरको घरमा हुनु । आन्दोलनका क्रममा जनप्रतिनिधि र सार्वजनिक पदमा रहेकाहरुको घर छानी छानी जलाइए । सोही क्रममा सिलवाले पसल सञ्चालन गर्दै आएको कञ्चनपुरको बेतकोट नगरपालिकाका मेयर भोजराज बोहोराको घर पनि जलाइयो । जहाँ ८ जनालाई रोजगारी दिइरेको सिलवालको व्यवसाय पनि क्षण भरमा नै खरानी बन्यो । 

आन्दोलनको दिन उनले मेयरको घरमा आगो लगाउन आएकाहरुलाई हर विन्ती गरे । यो पसल मेयरको होइन मेरो हो । यो मेरो रोजिरोटि हो । सुरुमा आएका युवाहरुले उनको पसल नजल्ने जानकारी गराए पछि उनी त्यहाँबाट अलि पर गएर बसे । जब केही युवाहरुले उनको कारखाना सहितको सटर फोरेर भित्र पसे र उनको गोदाम सहितको पसलमा आगो लगाइ दिए । उनी आफ्नो आम्दानीको स्रोत र ८ जनालाई मासिक रुपमा तलब दिने स्रोत जलेको टुलुटुले हेरेर बस्न बाध्य भए । 

‘म यो देशमा नै केही गर्नु पर्छ भनेर सामान्य काम गर्दै आएको व्यक्तिको व्यवसाय जलाइयो । दशैँको मुखैमा निकै पिडा भइरहेको छ,’ उनले भने । उनले सञ्चालन गरेको न्यू रोयल टेलरिङ ब्राण्ड एण्ड कपडा पसल उनको मात्रै स्वरोजगार बन्ने माध्याम मात्रै थिएन् । त्यहाँ ८ जनाले रोजगारी पनि पाएका थिए । आगलागीबाट उनको ३३ लाख रुपैयाँको क्षति भएको छ । ‘हामी सानो व्यवसाय गरेर खानेहरुका लागि यो निकै ठूलो पिडाको विषय हो । १९ वर्षदेखि सञ्चालन गरिरहेको पसल एकै पटक खरानी हुँदाको पिडा म कसरी भुलुँ ?’ उनले भने । 

आफ्नै देशमा केही गर्नु पर्छ भनेर सुरु गरेको व्यवसाय नै जलाइदिदाको अहिले उनी निकै समस्यामा परेका छन् । उनको काम गर्ने केही कर्मचारीहरु घर गएका छन् भने केहीलाई उनले अझै पनि आफैसँग राखेर व्यवस्थापन गरिरहेका छन् । जेनजी आन्दोलले धेरै कुराको सकारात्मक प्रभाव पारेको भए पनि कतिपय सुरेन्द्र जस्ता गरिखानेहरुलाई थप पिडा दिएको छ । जहाँ उनीहरुको कुनै गल्ति पनि थिएन । एउटै गल्ति भयो मेयरको घरमा पसल सञ्चालन गर्नु । 

सिलवालले आफ्नो व्यवसायमा पुगेको क्षतिको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, उद्योग वाणिज्य संघ लगायतमा निवेदन दिएका छन् । उनले आफूहरुलाई क्षतिपूर्ति दिएर काम गर्न सहज बनाइदिनु पर्ने बताएका छन् । पुरानो भ्रष्टाचार गरेको भनेर हटाएर बनेको नयाँ सरकारले सिलवाल जस्ता व्यवसायीहरुलाई छिटो भन्दा छिटो क्षति पूर्ति दिएर पिडामा मलम लगाउने काम गरोस् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको