Like us!
Follow us!
Connect us!
Watch us!

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

अर्थ संसार

बुधबार, १५ असोज २०८२, ०६ : ३१ मा प्रकाशित

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा रहेको थियो । 

त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा रहेको थियो । त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४ रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको