Like us!
Follow us!
Connect us!
Watch us!

आज ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

अर्थ संसार

बुधबार, १५ असोज २०८२, ०८ : ५१ मा प्रकाशित

आज ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

आज ३५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विधि कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि विश्वभर आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ ।

आज स्थानीय र विश्वव्यापी नेतृत्व गरेका वृद्ध व्यक्तिहरूको योगदानको चर्चा गरिन्छ। वृद्धवृद्धाहरूको आकांक्षा, उनीहरूको सुरक्षा र अधिकारका विषयमा छलफल हुन्छन् । ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवद्र्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदैछन् ।

नेपाली सांस्कृतिक परम्परा र पारिवारिक मुल्यको एउटा मुख्य विशेषता बृद्धबृद्धालाई सम्मान गर्नु हो । ‘मातृदेवो भवः, पितृ देवो भवः’ भन्ने शब्द र भावनाहरू वृद्धवृद्धाको महत्व दशाउने शब्द र भावनाहरू हुन् । ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनका लागि यो दिवस मनाउन थालिएको हो । 
युवा उमेरमा विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधारमा रहने र ज्येष्ठ नागरिक भएपछि सामाजिक रुपमा बहिस्कृत हुन सक्ने भएकाले त्यसो हुन नदिन यस्ता दिवसले भूमिका खेल्ने विश्वास गरिन्छ । ज्येष्ठ नागरिकहरूले जीवनभर संगालेका ज्ञान, सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरढण गर्न सहज होस् भन्ने उद्देश्य पनि राखिन्छ ।

नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्ने भनेको छ । उनीहरूलाई न्यूनतम आधारभुत आवश्यकता पुर्तिका लागि सहयोग होस् भनेर मासिक चार हजार भत्ता समेत दिने गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको