Like us!
Follow us!
Connect us!
Watch us!

दसैँमा छ लाख बढीले छोडे काठमाडौं उपत्यका

अर्थ संसार

बुधबार, १५ असोज २०८२, २० : १६ मा प्रकाशित

दसैँमा छ लाख बढीले छोडे काठमाडौं उपत्यका

दसैँ मनाउनका लागि काठमाडौं उपत्यकाबाट ६ लाख भन्दा बढीले उपत्यका छोडेका छन् । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको संख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या १ लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् । काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट ३ लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको