Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई आईएमएफको थप ऋण सुविधा स्वीकृति, अर्थतन्त्रलाई बल पुग्ने संकेत

अर्थ संसार

विहीबार, १६ असोज २०८२, ०९ : १४ मा प्रकाशित

नेपाललाई आईएमएफको थप ऋण सुविधा स्वीकृति, अर्थतन्त्रलाई बल पुग्ने संकेत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ‘विस्तारित ऋण सुविधा’ (ईसीएफ) अन्तर्गतको छैटौं समीक्षा अनुमोदन गरेको छ। यससँगै नेपालले थप वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको छ।

अर्थमन्त्री रामेश्वर खनालले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ समीक्षा सफलतापूर्वक पारित गरेको पुष्टि गरेका छन्। उनका अनुसार, यस निर्णयले नेपालको आर्थिक स्थायित्व कायम गर्न र आवश्यक सुधारका कार्यक्रमहरूलाई अघि बढाउन सहयोग पुर्‍याउनेछ।

आईएमएफको विस्तारित ऋण सुविधा अन्तर्गत नेपालले अघिल्ला समीक्षाहरूमा समेत सहुलियत प्राप्त गर्दै आएको छ। यसपटकको स्वीकृतिले समेत मुलुकलाई बजेटीय व्यवस्थापन, भुक्तानी सन्तुलन, र संरचनात्मक सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको