Like us!
Follow us!
Connect us!
Watch us!

ईन्द्रेणी मसरुम फार्मको साधारणसभा सम्पन्न, आइपिओका लागि प्रकृया सुरु गर्ने

अर्थ संसार

सोमबार, १६ पुस २०८०, २१ : ५१ मा प्रकाशित

ईन्द्रेणी मसरुम फार्मको साधारणसभा सम्पन्न, आइपिओका लागि प्रकृया सुरु गर्ने

ईन्द्रेणी मसरुम फार्म लिले आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

सभाले गत आर्थिक वर्ष २०७९/०८० को संचालक समितिका वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०८० असार मसान्तको वासलात नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु छलफल गर्दै पारित गरेको छ। सभा पौष १५ गते आईतबार त्रिशक्ति व्याङ्गक्वेट, गुर्जुधारामा बसेको थियो। 

कम्पनीका भाबी योजनाका बारेमा जानकारी दिदै कम्पनीका अध्यक्ष धर्मेन्द्र महर्जनले अबको आर्थिक वर्ष २०८०/०८१ मा दैनिक ५०० केजी उत्पादन गरि जम्मा १,६०,००० (एक लाख साठी हजार) के.जी. उत्पादन गर्ने लक्ष्य लिएको बताए।  जुन गत बर्षको भन्दा ३५ प्रतिशतले बृद्धि हुनेछ । त्यस्तै कम्पोष्ट मल ५ लट बिक्रि तयारी पनि गरेको छ। गत आर्थिक वर्षमा मात्रै च्याउ तथा कम्पोष्ट मल गरी रु ३,५६,६८,०१५/- (अक्षरेपी तिन करोड छपन्न लाख अड्सठठी हजार पन्ध्र रुपैया) को बिकी भएको थियो ।

तेस्तै यहिँ आर्थिक वर्षमा नयाँ तीन जग्गामा थप ३ वटा उत्पादन गर्ने कोठा निर्माण गर्ने तयारीमा कम्पनी लागेको छ। त्यसका लागि कम्पनीले थप सेयर पनि संकलन गर्नेर बैक कर्जा पनि थप गर्दै जाने तयारीमा लागेको छ। त्यसका लागि हाल रहेको  ९ लाख ७ हजार १० कित्ता सेयर बराबरको ९ करोड ७लाख एक हजार सेयरलाई बृद्धि गर्दै १६ करोड बराबरको १६ लाख कित्ता सेयर पुर्याउने तयारी रहेको छ । 

यस बाहेक कम्पनीले यसै आर्थिक वर्षमा सर्वसाधारण सेयर अर्थात आइपिओ वितरण प्रकृया सुरु गर्ने र नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिने सभमा अध्यक्षले बताए । 

6592e42d5876b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको