विपी राजमार्गको काभ्रे भञ्ज्याङ–सिन्धुली सडकमा राति सवारी सञ्चालन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि मंगलबारसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
कार्यालयका अनुसार हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधनको आवागमन निषेध गरिएको हो । असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले उक्त निर्णय गरिएको कार्यालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस