Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : मनसुनी र स्थानीय वायुको प्रभाव, देशभर बदलीको सम्भावना

अर्थ संसार

शुक्रबार, १७ असोज २०८२, ०७ : ०७ मा प्रकाशित

आजको मौसम : मनसुनी र स्थानीय वायुको प्रभाव, देशभर बदलीको सम्भावना

हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज (असोज १७) दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । 

आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको