Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

शनिबार, १८ असोज २०८२, ०७ : १६ मा प्रकाशित

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले शनिबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
त्यस्तै आज स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।  सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४ रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ०८ रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ११ पैसा र बिक्रीदर १५ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको