Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार दिउँसोदेखि मनसुनी प्रणाली थप सक्रिय बन्ने

अर्थ संसार

शनिबार, १८ असोज २०८२, ०८ : ३८ मा प्रकाशित

शनिबार दिउँसोदेखि मनसुनी प्रणाली थप सक्रिय बन्ने

मनसुनी वायु थप सक्रिय भएकोले देशका धेरैजसो ठाउँमा बदली भएर काठमाण्डौ उपत्यका सहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि मनसुनी वायु  बढी सक्रिय हुँदा देशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसमी बुलेटिनमार्फत आउँदो २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही ठाउँ तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको जनाएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु आजदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् । आज र भोलि केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको र पर्सि सोमवारदेखि मौसम क्रमिक रुपमा सुधार हुने विभागले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको