नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालीन बन्द भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला आसपासको क्षेत्रमा ढुंगा र पहिरो खस्ने क्रम रहेकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएरातिदेखिको अविरल वर्षाले ढुंगा पन्छाउन समेत नसकिएको हो । हाल भारी वर्षाको सम्भावनाले पनि जोखिम मुल्याङ्कनका लागि सडक बन्द गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि पनि असोजको पहिलो सातामा नारायणगढ मुग्लिन सडक अन्तर्गत तुइन खोलामा पहिरो जाँदा ३६ घण्टा बाटो अवरोध भएको थियो । यता मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो भर्खरै हटाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस