Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १० : ४९ मा प्रकाशित

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु

अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर र घर बगाएर इलाममा १८ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको संख्या १८ पुगेको हो । अझै केही बेपत्ता रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

इलामका विभिन्न स्थानमा हिजो रातीबाट पहिरो खसेको छ । पहिरोका कारण इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।

माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । यस्तै देउमाई नगरपालिका ५ ढोरेमा १ जना, देउमाई नगरपालिका ५ धुस्नेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको