Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २० पुग्यो, ११ जना बेपत्ता

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १० : ५८ मा प्रकाशित

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २० पुग्यो, ११ जना बेपत्ता

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर २० जनाले ज्यान गुमाएका छन् ।  राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल बर्षपछिको बाढी, पहिरो र डुबानमा परेर २० जनाको मृत्यु भएको हो ।  

हालसम्म सबैभन्दा बढी इलाममा मानविय क्षति इलाममा भएको छ । त्यहाँ १८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर र खोटाङमा एक एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । इलाममा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । इलाममा भएका घाइतेको उद्दारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकोप्टर पठाइएको भए पनि मौसम प्रतिकुलताका कारण फर्किन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 

बाढी पहिरोमा परेर देशका विभिन्न ठाउँमा ११ जना बेपत्ता रहेका छन् । जसमा सबैभन्द बढी इलाममा ७ जना र रसुवामा ४ जना बेपत्ता भएका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको