Like us!
Follow us!
Connect us!
Watch us!

इलाम बाढी–पहिरो : मृतकको संख्या २८ पुग्यो

अर्थ संसार

आइतबार, १९ असोज २०८२, १२ : ३८ मा प्रकाशित

इलाम बाढी–पहिरो : मृतकको संख्या २८ पुग्यो

इलाममा गएको बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । ६ वटा पालिकामा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१ मा पाँच जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । त्यस्तै, इलाम नगरपालिका–६ मा ६ जनाको मृत्यु भएको छ । देउमाइ नगरपालिकामा २ जना, खापखुकपुङ गाउँपालिकामा १ जना, माङ्सेबुङका ३ जना र माइजोकमाइ गाउँपालिकामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सन्दकपुर गाउँपालिकाका ३ जनाको मृत्यु भएको हो । माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको