बाढी पहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् ।
पृथ्वीलोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो मार्ग पूर्ण रूपमा बन्द भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडक पनि पहिरोका कारण प्रभावित बनेको छ, तर हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्गमा दुवैतर्फ सवारीसाधन अनिश्चित समयका लागि रोकिएको छ। यस्तै, रसुवाको पासाङल्हामु सडकसमेत पहिरोका कारण अवरुद्ध भएको छ।
सङ्खुवासभामा वरुणखोलास्थित कोशी राजमार्ग तथा खाँदबारीदेखि किमाथाङ्का र थुमसुरतर्फ जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा छैन। ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग र मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल–हुमाने–काठमाडौं सडक मार्ग बन्द छन्।
त्यस्तै, कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक पनि अवरुद्ध भएका छन्।
मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा पहिरोले अवरुद्ध भएको छ भने कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवा क्षेत्रमा सडक अवरुद्ध भएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस