असोज १७ र १८ गते आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ :
१. कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटिय दायाँ किनारमा करिब २०० मीटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गा पा २ को कुवाडीमा अनुमानित २०० मीटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको छ । अनुमानित क्षतिको लागत रु ७५ लाख रहेको छ ।
२. मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरुमा क्षति पुर्याएको छ ।अनुमानित क्षतिको लागत रु ५० लाख छ ।
३. केशलिया नदीमा (बुढी खोला) आएको बाढीले बिराटनगर महा न पा ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएका छन् ।
४. कमला नदीको पूर्वि किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्याएको छ ।अनुमानित क्षतिको लागत रु २५ लाख छ ।
५. लालबकैया नदीको दायाँ किनार मौलापुर नपा १ मर्यादपुरमा करिब ६० मीटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मीटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको छ । अनुमानित क्षतिको लागत रु ६० लाख रहेको छ ।
६. महोत्तरीको रातो नदीले बलवा न पा २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मीटर तटबन्ध बगाएको साथै लोहर पट्टी नपा ६ लोहारपट्टीमका ४०० मीटर, महोतरी गापा ६ रतबारा मा २० मीटर, जलेश्वर नपा १, ४ र ७ को बखरी र खैरामा गरी ८० मीटर तटबन्ध बगाई क्षति भएको छ । रातो नदीले जम्मा ८९० मीटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढ़ीको जोखिममा रहेको छ । अनुमानित क्षतिको लागत रु ८ करोड हो ।
सिंचाई तर्फ
१. सिंचाई प्रणालीहरुको बाँध क्षेत्रमा नदीहरुमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, Undersluice, मूल नहर र शाखा नहरहरुका गेटहरुलाई समयमा नै gate operation गरेको हुँदा सिंचाइ प्रणालीहरुमा उल्लेख्य क्षति नभएको ।
२. झाँज सिंचाइ प्रणालीको ब्यारेज भन्दा २०० मीटर माथिल्लो तटिय क्षेत्रको दायाँ guide bund बाट overflow भई मोहमदपुर गाउँ डुबान भएको छ।
३. सुनसरी मोरङ्ग, बाग्मती र नारायणी सिंचाइ आयोजनाहरुको सिंचित क्षेत्र भित्र रहेका खोला खोल्साहरुले खेति योग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको छ ।
४. सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशिय आयोजना अन्तर्गतको निर्माणाधिन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधिन संरचनाहरुको अवस्था एकिन हुन नसकेको छ।
पहिरो तर्फ
१. इलाम, पाँचधर, ताप्लेजुङ्ग लगायत कोशी र बाग्मति प्रदेशका पहाडी जिल्लाहरुमा पहिरोका घटनाहरु भएको र सो को विवरण प्राप्त हुन बाँकी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस