अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको बहाव घट्न थालेको छ । प्रहरीको अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।
गएराति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै नदीमा पानीको बहाव घट्दो क्रममा रहेको हो । अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका छन् । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस