Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

अर्थ संसार

सोमबार, २० असोज २०८२, १२ : ३० मा प्रकाशित

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा साधारणसभा बोलाएको छ । त्यसका लागि असोज २२ गते एक दिन बुक क्लोज गर्दैछ । 

कम्पनीको १८ औँ वार्षिक साधारणसभा असोज ३१ गते ११ बजेदेखि सुरु हुने छ । उक्त सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न र रजिष्टर्ड कार्यालय स्थान संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाका लागि तय गरिएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको