वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो ।
वाणिज्य बैंकहरूको औसत आधार दर असोज महिनामा ०.१२ प्रतिशत विन्दुले घटेर ५.८२ प्रतिशतमा झरेको छ। भदौ महिनामा यो दर ५.९५ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ४.६० प्रतिशत आधार दर कायम गरेको छ। त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको ४.७२ प्रतिशत, एभरेष्ट बैंकको ५.०५ प्रतिशत, नेपाल बैंकको ५.३९ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.४९ प्रतिशत, कृषि विकास बैंकको ५.५५ प्रतिशत र नबिल बैंकको ५.६७ प्रतिशत आधार दर रहेको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.७८ प्रतिशत, सानिमा बैंकको ५.८६ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.९६ प्रतिशत, एनएमबि बैंकको ६.०२ प्रतिशत, एसबिआई बैंकको ६.०६ प्रतिशत, सिद्धार्थ बैंकको ६.०९ प्रतिशत, हिमालयन बैंकको ६.१३ प्रतिशत, प्रभु बैंकको ६.१६ प्रतिशत, सिटिजन्स बैंकको ६.१९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.२१ प्रतिशत, कुमारी बैंकको ६.२२ प्रतिशत र प्राइम बैंकको ६.४० प्रतिशत आधार दर छ।
हाल सबैभन्दा उच्च आधार दर एनआइसी एशिया बैंकको ६.९१ प्रतिशत रहेको छ। यद्यपि, बैंकहरूले कर्जाको प्रकारअनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर निर्धारण गर्ने भएकाले ग्राहकले कुल ब्याजदर कति पर्छ भन्ने कुरा आधार दर र प्रिमियम दुवै हेरेर मूल्यांकन गर्नु आवश्यक हुन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस