Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई 'जुवाघर' भन्नु अन्याय होइन - फ्रेट अध्यक्ष संग्रौला

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १६ : १६ मा प्रकाशित

सेयर बजारलाई 'जुवाघर' भन्नु अन्याय होइन - फ्रेट अध्यक्ष संग्रौला

नेपाल फ्रेट फरवार्डर्स एशोसिएनका अध्यक्ष राजेन्द्र संग्रौलाले सेयर बजारको लगानी क्षणिक भएको बताएका छन् ।अर्थसंसारको अर्थ बहस कार्यक्रममा कुरा गर्दै अध्यक्ष संग्रौलाले सेयर बजारको लगानी दिगो नभएको भन्दै यसले मात्रै समग्र अर्थतन्त्र सुधार गर्न नसक्ने बताएका हुन् । 

बजेट र मौद्रिक नीति पछि सेयर बजारमा केही मात्रामा उत्साह देखिए पनि त्यो क्षणिक मात्रै भएको उनको भनाइ छ । ‘एकै पटक उच्च रुपमा बढ्ने र एकै पटक उच्च रुपमा घटेर तल्लो विन्दुमा पुग्ने स्वभाव रहेको सेयर बजारको लगानी दिगो हुन सक्दैन्,’ उनले भने । उनले फ्रेट क्षेत्र अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको भए पनि मौद्रिक नीतिमा कुनै पनि विषय समावेश हुन सकेको छैन । ‘हाइड्रोपावर होस या अन्य उद्योगको लागि फ्रेट क्षेत्र महत्वपूर्ण हो । हामीहरुले नै यहाँ आवश्यक पर्ने वस्तु आयात गर्छौं भने निर्यातका लागि पनि हामीहरुले नै काम गर्ने हो,’ उनले भने । 

 अहिले भने सरकारले यो क्षेत्रका लागि आवश्यक कानुन निर्माणका लागि काम गरिरहेको भन्दै यसले सकारात्म प्रभाव पार्ने विश्वास रहेको उनले बताए । नेपालको भौतिक पूर्वाधारको विकासका कारण भारतमा भन्दा लजिस्टिकको मूल्य दोब्बर रहेको उनको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको