Like us!
Follow us!
Connect us!
Watch us!

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ०७ : ४७ मा प्रकाशित

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा कायम भएको छ । 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४ रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा तोकिएको छ । 

यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुयैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा ताकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको