Like us!
Follow us!
Connect us!
Watch us!

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसाल पक्राउ

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ११ : २९ मा प्रकाशित

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसाल पक्राउ

माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्।

जेनजीको माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउँदै भेला भएका डा. भुसालसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। माइतीघर क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालन गरेर त्यहाँ कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन।

जेनजी आन्दोलनलाई एक महिना पुगे पनि प्रमुख मागहरू अझै सम्बोधन नभएको भन्दै भुसालको समूहले प्रदर्शनको आयोजना गरेको थियो। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि नै माइतीघर मण्डलासहितका स्थानहरूमा कुनै पनि प्रकारका धर्ना, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरिसकेको छ। प्रशासनको निर्देशनअनुसार ती क्षेत्रहरूमा हुल बाँधेर उभिन समेत अनुमति दिइएको छैन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको