Like us!
Follow us!
Connect us!
Watch us!

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १० : ०८ मा प्रकाशित

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्समा शुक्रबार बिहान शक्तिशाली भुकम्प गएको छ । फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पपछि फिलिपिन्सको तटीय इलाकामा तीन मिटर अग्लो सुनामीको लहर उठ्न सक्ने भन्दै चेतावनी दिएको छ । भुकम्पको केन्द्रविन्दु मिन्डानाओ क्षेत्रबाट ३०० किलोमिटर टाढा रहेको इन्डोनेशियामा पनि सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ । चेतावनी इन्डोनेशियाको उत्तरी इलाका सुलावेसी र पापुआ क्षेत्रमा जारी गरिएको हो ।

तटीय इलाकामा रहने बासिन्दाहरूलाई उच्च क्षेत्रमा जान र त्यहा सुरक्षित भएर रहन अनुरोध गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको