Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता भुक्तानी र नविकरण गर्न सकिने

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, ११ : १३ मा प्रकाशित

अनलाइनबाटै सामाजिक सुरक्षा भत्ता भुक्तानी र नविकरण गर्न सकिने

सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई आधुनिक,पारदर्शी र प्रविधिमैत्री बनाउन 'सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२' लागू गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको स्वीकृतिपछि अब पुरानो कार्यविधि २०७७ खारेज गरिएको छ। नयाँ कार्यविधिअनुसार अब देशभरका सबै लाभग्राहीलाई डिजिटल माध्यमबाट भत्ता दिइनेछ। योग्य नागरिकले अनलाइन आवेदन दिन सक्नेछन्, जसमा राष्ट्रिय परिचयपत्रसँग जोडिएको बायोमेट्रिक विवरण अनिवार्य गरिएको छ।

यसले गलत व्यक्तिको पहुँच र दोहोरो भत्ता लिने जस्ता अनियमितता रोक्ने विश्वास गरिएको छ।भत्ता अब कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सिधै लाभग्राहीको बैंक खातामा पठाइनेछ। स्थानीय तहले नगद वितरण गर्न नपाउने व्यवस्था गरिएको छ। साथै, सरकारी जागिरमा रहेका, पेन्सन लिने वा दोहोरो सुविधा दाबी गर्नेहरूलाई भत्ता दिइने छैन। ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई एटीएम, मोबाइल बैंकिङ वा नगद वितरण शिविरमार्फत सेवा प्रदान गरिनेछ। मृत व्यक्तिको खातामा रकम नरोकिने र बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गरिने व्यवस्था गरिएको छ।

यस प्रणालीले भत्ता वितरणमा हुने दुरुपयोग, दोहोरो दाबी र राजनीतिक हस्तक्षेपलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ। कार्यान्वयन सहज बनाउन तीन तहमा सहजीकरण समिति बनाइनेछ र प्रत्येक चौमासिकमा समीक्षा प्रतिवेदन गाउँ वा नगरसभामा पेश गर्नुपर्नेछ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको