हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।
चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।
घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस