सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक श्रेणीका विभिन्न ४ वटा पदहरूका लागि कुल ४२ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक द्वितीय पदमा ३० जना, सहायक प्रथम पदमा १ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) पदमा १० जना र सुपरभाइजर (शाखा प्रमुख) पदमा १ जना कर्मचारी माग गरेको छ । उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । सूचनामा तोकिएको योग्यता पूरा भएको हुनु पर्नेछ भने मोटरसाइकल वा स्कुटरको लाइसेन्स भएकाले प्राथमिकता पाउने कम्पनीले जनाएको छ ।
योग्य तथा इच्छुक व्यक्तिले कात्तिक २१ गतेभित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिनु पर्नेछ। दरखास्त फाराम कम्पनीको आधिकारिक वेबसाइटमा पाइनेछ भने फाराम कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता वा दुवै हुनेछ । पारिश्रमिक र अन्य सेवा तथा सुविधा कम्पनीको नियम अनुसार हुने कम्पनीले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस