Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तले गर्यो सीईओका लागि दरखास्त आह्वान

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १० : ३० मा प्रकाशित

साना किसान विकास लघुवित्तले गर्यो सीईओका लागि दरखास्त आह्वान

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले रिक्त सीईओ पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

यसका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन/बैंकिङ्ग/ वित्तीय/ मौद्रिक/अर्थशास्त्र÷वाणिज्यशास्त्र/लेखाशास्त्र/तथ्यांकशास्त्र/गणिगशास्त्र/व्यापार प्रशासन/जनप्रशासन/कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्ष काम गरेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ (घ) बमोजिम अयोग्य नभएको हुनु पर्नेछ ।

त्यस्तो योग्यता भएको व्यक्तिले आवश्यक कागजातहरू सहित आउँदो कात्तिक १९ गतेभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
 

68f07baeaf0f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको