Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफले ६६ लाख कित्ता आइपिओ निश्कासन गर्ने

बुधबार, ०२ फागुन २०७४, १५ : २८ मा प्रकाशित

ज्योति लाइफले ६६ लाख कित्ता आइपिओ  निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं- ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले साधारण शेयर आइपिओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले ६६ लाख कित्ता अइपिओ जारी गर्ने  भएको हो ।  कम्पनीको माघ १० गते बसेको साधारण सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित पारित गरिसकेको छ । 

सभाले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतआइपीओ जारी गर्ने निर्णय गरेको हो ।

जारी पुँजीको ७० प्रतिशतले हुने १ अर्ब ५४ करोड रुपैयाँ भने संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले बाँकी पुँजी सर्वसाधारणमा आइपीओ बिक्री गरेर पुर्याउन लागेको हो ।

 चार जना सञ्चालकमा निर्वाचित

माघ १० गते बसेको सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट पशुपति मुरारका, आकाश गोल्छा, नन्द किशोर शर्मा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध निर्वाचित भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको