रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ। कम्पनीले यस वर्षको साधारणसभामा सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव प्रस्तुत गरेको छैन।
सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। त्यसका साथै, चालू आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, असोज २६ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य रहेका छन्।
यस वर्ष लाभांश प्रस्ताव नल्याए पनि कम्पनीले आगामी योजनाहरूका बारेमा सेयरधनीहरूलाई जानकारी गराउने र आगामी वर्षहरूमा वितरण योग्य नाफा वृद्धि गर्ने दिशामा कार्यरत रहेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस