रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको साधारण सेयर वैशाख १३ गते बाँडफाँड गरेको हो ।
कम्पनीले सार्वजनिक निष्कासन गरेको सेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धीत निकायहरुबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुका लागि गत चैत २३ गतदेखि वैशाख ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड गरेको हो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवदकहरुमध्ये प्रचलित कानूनबमोजिम उक्त सेयर बाँडफाँड गरिएको हो ।
आइपीओ बाँडफाँडसम्बन्धी नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ तथा सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत रिजल्ट हेर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस