Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १६ : २३ मा प्रकाशित

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयअनुसार दिवाकर भट्टराईलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०८२/०७/१९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको छ ।

उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई रहेका थिए । नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । 

बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका दिवाकर भट्टराई हाल एन आई सी एशिया बैंक लिमिटेडमा –चिफ एग्रिकल्चर एन्ड अदर कर्परेट लोन्सको रुपमा कार्यरत रहेका छन् । उनले कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको