डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले पहिलो त्रैमाससम्म अधिकांश सूचकमा प्रगति गरेको छ ।
खुद नाफा
चालु आवको पहिलो त्रैमासमा संस्थाको खुद नाफा १९७.४४ प्रतिशतले बढेको छ । चालु वर्ष पहिलो ३ महिनामा संस्थाले २० करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
सञ्चालन मुनाफा
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १९६.६८ प्रतिशतले बढेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ९ करोड ७१ लाख रुपैयाँमा सीमित थियो। चालु वर्षको असोजसम्म संस्थाको खुद ब्याज आम्दानी ५३ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ४१ करोड ६१ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २८.२१ प्रतिशतले बढेको छ।
वितरणयोग्य मुनाफा
चालु आवको पहिलो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७५ करोड ९० लाख रुपैयाँ रहेको छ। प्रथम त्रैमाससम्म संस्थाको लाभांश वितरण गर्ने क्षमता ४०.६३ प्रतिशत देखिएको छ।
खराब कर्जा/सिडि रेसियो
यो अवधिमा संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ९.०१ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ८.७३ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थाको सिडि रेसियो १११.८७ प्रतिशतबाट बढेर ११४.८७ प्रतिशत पुगेको छ ।
चुक्तापुँजी/रिटेन्ड अर्निङ/रिजर्भ
चुक्तापुँजी १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ७५ करोड ९० लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ५० करोड ५५ लाख रुपैयाँ छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ६० करोड ६४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ।
प्रतिसेयर आम्दानी/पीई रेसियो /प्रतिसेयर नेटवर्थ
यो अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १७१.५८ प्रतिशतले बढेर ४३.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.९४ रुपैयाँ थियो। पीई रेसियो १८.६२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२१.२१ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस