Like us!
Follow us!
Connect us!
Watch us!

मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं - सीके राउत

अर्थ संसार

सोमबार, २४ कार्तिक २०८२, ११ : ३१ मा प्रकाशित

मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं - सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि डा. राउतको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा खेल्दै ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।’ ‘स्वायत्तताको आन्दोलन’को उदघोष जरूरी रहेको बताएका छन् । ‘नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो,’ उनले फेसबुकमा लेखेका छन् । ‘मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं । डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं,’ उनले भनेका छन् ।

डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको