दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार हाईड्रोपावरको खुद नाफा बढेको छ ।
खुद नाफा
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कुल आम्दानी/प्रत्यक्ष खर्च
समीक्षा अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.८७७ प्रतिशतले मात्रै बढी हो । कम्पनीको प्रत्यक्ष खर्च १५ लाख ७६ हजारबाट बढेर १८ लाख १२ हजार पुगेको छ ।
सञ्चालन तथा प्रशासनिक खर्च / वित्त खर्च
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको अन्य सञ्चालन तथा प्रशासनिक खर्च २४ लाख ८१ हजारबाट घटेर २३ लाख ७० हजारमा खुम्चिएको छ । वित्त खर्च पनि १ करोड ४३ लाखबाट घटेर ९८ लाख ८१ हजार रुपैयाँमा सीमित बनेको छ ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.३८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ७.७७ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८१.९६ रुपैयाँ रहेको छ ।
मूल्य आम्दानी अनुपात / तरलता अनुपात
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६४.३८ गुणा ऋणात्मक र तरलता अनुपात ०.२१ प्रतिशत कायम भएको छ ।
रिजर्भ फण्ड/अल्पकालिन ऋण /दीर्घकालिन ऋण
यो अवधिमा कम्पनीको रिजर्भ फण्ड २४ करोड ३४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५३ करोड ८१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस