Like us!
Follow us!
Connect us!
Watch us!

सोनापुर मिनरलले तिर्यो बक्यौताको पहिलो किस्ता, जोडियो काटिएको विद्युत् लाइन

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १० : ४४ मा प्रकाशित

सोनापुर मिनरलले  तिर्यो बक्यौताको पहिलो किस्ता, जोडियो काटिएको विद्युत् लाइन

दाङको घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिले लोडसेडिङको अवधिमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दा बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम भुक्तान गरेको छ। 

कम्पनीले बक्यौता रकममध्ये पहिलो किस्ता स्वरुप ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो ।  

पहिलो किस्ता बुझाएसँगै नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल एण्ड आयलमा विद्युत लाइन जोडिदिएको छ । बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले उक्त उद्योगमा गत कात्तिक ७ गते विद्युत लाइन काटेको थियो ।   सोनापुर मिनरलले डेडिकेटेड र ट्रंकलाइन उपभोग गरेबापत २४ करोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ । यो रकमलाई २८ किस्तामा विभाजन गरि तिर्न सकिने सुविधा दिइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको