Like us!
Follow us!
Connect us!
Watch us!

हयात होटलले सबै कर्मचारी बर्खास्त गर्ने

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, ११ : ०६ मा प्रकाशित

हयात होटलले सबै कर्मचारी बर्खास्त गर्ने

हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ ।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशासधन विभागलाई पत्र लेखेर अहिले होटल बन्द भएको, मर्मतसम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको भन्दै सबै कर्मचारी र मजदुर मंसिर २२ गतेभित्र बिदा दिन निर्देशन दिएका छन् । उनले श्रमिकको व्यवस्थापनसम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गरिएको बताए ।

उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको आन्दोलनक्रममा होटलमा आपराधिक समूह प्रवेश गरी तोडफोड, लुटपाट र आगलागीजन्य क्रियाकलाप गरेका कारण होटल पूर्णरुपमा बन्द छ, आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्णरूपले मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था समेत छैन, होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकी ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाइते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिको लगेज तथा सरसामान समेत आपराधिक समूहले लुटपाट तथा आगो लगाएको घटनाले अन्तरराष्ट्रिय जगतमै होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको छ ।’

महाप्रबन्धक कुमारले भनेका छन्, ‘कोभिड १९ का कारण लामो समय होटल तथा पर्यटन क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति हुँदा भदौ २४ गतेको घटनाका कारण पुनः होटललाई ठूलो आर्थिक क्षति भएको र मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने तथा मर्मत अवधिभर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले होटल थप ठूलो आर्थिक चुनौती भोगिरहेको छ ।’

 

691419e9b5bbe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको