Like us!
Follow us!
Connect us!
Watch us!

लोक सेवा आयोगले माग्यो १७० जना कर्मचारी माग

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १२ : ३६ मा प्रकाशित

लोक सेवा आयोगले माग्यो  १७० जना कर्मचारी माग

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फका पदहरूमा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बुधबार प्रकाशित सूचनाअनुसार आयोगले निजामती सेवाको प्राविधिक राजपत्राङ्कित तृतीय श्रेणीका पदहरू तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदहरूमा कुल १७० जनाका लागि आवेदन खुला गरेको हो।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय रूपमा भर्न सकिनेछ। योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको