Like us!
Follow us!
Connect us!
Watch us!

रिहा भए प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १४ : ०५ मा प्रकाशित

रिहा भए प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन

एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले अनुसन्धानको क्रममा रिहा गरेको छ। मंगलबार उनी सीआईबीको हिरासतबाट बाहिरिएका हुन्। प्रहरीका अनुसार सरकारी वकिलको निर्देशनअनुसार भट्टचनलाई बाहिरै राखेर अनुसन्धान जारी राख्ने निर्णय गरिएको हो।

भट्टचनलाई कात्तिक ११ गते ललितपुरबाट सहकारी ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको थियो। ठाकुरप्रसाद मानन्धरले भट्टचनसहित अन्य व्यक्तिविरुद्ध उजुरी दर्ता गरेपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो। तर अनुसन्धानका क्रममा पर्याप्त कानूनी प्रमाण नपाइएको भन्दै उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको