Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुदृढ बनाउन बैंकिङ क्षेत्रको मुख्य भूमिका,संरचनागत सुधार अब अनिवार्य — सिबिफिन अध्यक्ष पौडेल

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०८२, ११ : ५१ मा प्रकाशित

अर्थतन्त्र सुदृढ बनाउन बैंकिङ क्षेत्रको मुख्य भूमिका,संरचनागत सुधार अब अनिवार्य — सिबिफिन अध्यक्ष पौडेल

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले छैटौँ साधारण सभामा देशले लगातार भोग्दै आएका चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि बैंक तथा वित्तीय संस्थाहरूले सन्तोषजनक प्रगति गर्न सकेको बताएका छन्। राजनीतिक अस्थिरता, लामो समयदेखिको आन्तरिक द्वन्द्व, भूकम्प तथा नाकाबन्दीजस्ता विपत्तिले देश प्रभावित भइरहे पनि वित्तीय क्षेत्रले आफ्नो प्रगति रोकिएन र स्थिर रूपमा अघि बढ्न सफल भयो भन्ने उनको भनाइ छ।

उनका अनुसार वर्तमान अवस्थाले बैंक तथा वित्तीय क्षेत्रलाई अझै गम्भीर आत्मसमिक्षा गर्दै सुधारतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको छ। गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन, नयाँ संरचनाबाट अघि बढ्ने नीतिगत सुधार तथा कर्जा नोक्सानी अवस्थाको पुनरावलोकन अब अपरिहार्य बनेको उनले स्पष्ट पारे। उनले भने, ‘ऋण तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने कम्पनीहरूका लागि ५ प्रतिशतभन्दा बढी नोक्सानी व्यवस्था निर्धारण गरिएको छ ।  बैंकहरूको बढ्दो सञ्चालन लागत, डिजिटल प्रविधिको विस्तार र एआईको प्रयोगलाई प्रभावकारी रूपमा उपयोग गर्न सके बैंकिङ क्षेत्र मौलिक रूपमा रूपान्तरण हुनसक्ने छ।’

पौडेलले लगानीमैत्री वातावरण बनाउन बैंकको भौतिक संरचना तथा उपस्थितिलाई समयअनुसार परिमार्जन गर्नुपर्ने र पूँजी व्यवस्थापनमा आधुनिक विधिहरू अपनाउन आवश्यक रहेको बताए। ‘नीतिनिर्मातालाई वैकल्पिक पुँजी निर्माणको बाटो खोल्न विदेशी लगानी सहजताका लागि आवश्यक छ ।  बैंक तथा वित्तीय संस्थाका आम्दानी स्रोत विविधीकरणमा जोड दिनुपर्ने छ। विद्यमान सेवा–शुल्कसम्बन्धी व्यवस्था परिमार्जनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दै निर्देशनात्मक कर्जामा पनि पुनरावलोकन हुनु आवश्यक । कर्जाको उपयोगिता र उपलब्धिको आधारमा नीतिगत सुधार गर्नुपर्ने छ।’ पौडेलले भने ।

पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रभावकारी बनाउँदै अर्थतन्त्र सुदृढ गर्न योगदान दिइरहेको बताए। साना तथा मझौला उद्योगमा लगानी, रोजगारी सिर्जना र घरेलु उत्पादन प्रवर्द्धनमा बैंकहरूको भूमिका बढ्दै गएको उनले उल्लेख गरे। कृषि क्षेत्रमा लगानी आवश्यक रहेको र नैतिक सुशासनमा सम्झौता नहुने पनि स्पष्ट पारे।

बैंकिङ क्षेत्र प्रविधिमैत्री बनाउन एआई र आधुनिक पूर्वाधारमा लगानी भइरहेको छ। निजी क्षेत्र र बैंकको सहकार्यले देशको अर्थतन्त्र मजबुत बनाउने र ‘समृद्ध नेपाल’ को आधार तयार गर्ने उनको भनाइ थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको