लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन विशेष भूमिका खेलेको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौँ साधारण सभामा उनले लघुवित्तले वित्तीय पहुँच, समावेशीता, महिला सशक्तिकरण र वित्तीय साक्षरता अभिवृद्धि गर्न ठूलो योगदान गरेको बताए।
उनका अनुसार नेपालमा हाल ६२ लाख मानिस लघुवित्तसँग जोडिएका छन् र २७ लाखले लघुवित्तबाट सानो व्यवसाय सुरु गरेका छन्। यादवले ग्रामीण क्षेत्रमा लगानी बढाउन नीतिगत सुधार आवश्यक रहेको र बैंकिङ क्षेत्रको उपलब्ध लगानी पर्याप्त भए पनि अपेक्षा अनुसार प्रयोगमा नआएको बताए।
उनले भने, ‘लघुवित्त वित्तीय संस्था नेपालको वित्तीय पहुँच, वित्तीय समावेशीता, महिला शशक्तिकरण, वित्तीय साक्षरता अभिवृद्धि र ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउका लागि विशेष भुमिका खेलेको अवस्था छ । यसमा नेपालमा अहिले लघुवित्तको अवस्था हेर्ने हो भने ६२ लाख मान्छे यसमा जोडिएको अवस्था छ । २७ लाख मान्छेहरुले लघुवित्तबाट कर्जा लिएर सानो ब्यवसायहरु सुरु गरेको अवस्था छ । यो एउटा ठुलो क्षेत्र र व्यापक क्षेत्र हो । यस क्षेत्रलाई अझ व्यापक रुपमा विस्तार गर्नु पर्ने अवस्था छ । ग्रामिण क्षेत्रमा कर्जा जानका लागि नीतिगत सुधारको आवश्यक छ । नीतिगत सुधार भएको खण्डमा हामीसँग थुप्रिएर रहेको लगानीयोग्य रकम ग्रामिण क्षेत्र तिर लगेर ब्यवसायीकरणमा लैजान सक्छौं ‘ यादवले भने ।
अध्यक्ष यादवले माइक्रोफाइनान्समार्फत २०–२५ लाखसम्म लगानी योग्य रकम ग्रामीण क्षेत्रमा पुर्याउने बाटो खुला गर्न आवश्यक रहेको तर्क राखे ।
यादवले भने, 'बिनाधितो ७ लाखसम्म कर्जा ठीक छ, तर धितोमा लगानीका लागि कम्तीमा १५ लाखसम्मको व्यवस्था आवश्यक छ।' साथै, लघुवित्तलाई कृषि व्यवसायीकृत गर्न र कृषिलाई बीमासँग जोड्नुपर्नेमा पनि जोड दिए। विशेष गरी गाई–भैसी पालन गर्ने किसानलाई बीमा सेवा उपलब्ध गराउन आवश्यक रहेको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस